Thu. Mar 28th, 2024

भीम रावलले सांसद पदबाट दिएको राजीनामा फिर्ता लिए

काठमाडौ –

एमाले नेता भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् ।

रावलले शुक्रबार सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर राजीनामा फिर्ता लिएको सभामुखको सचिवालयले जनाएको छ ।

पार्टी र नेता कार्यकर्ताबाट राजीनामा फिर्ता लिन दबाब आएको भन्दै रावलले राजीनामा फिर्ता लिएका हुन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए । यसबीच एमाले वरिष्ठ नेता माधवकुमार नेपालले पनि उनलाई भेटेर राजीनामा फिर्ता लिन आग्रह गरेका थिए ।

यसअघि सुदूरपश्चिम प्रदेश सरकार तथा प्रदेशसभाका रावल समर्थक मन्त्री र सांसदहरू उनको राजीनामा फिर्ता गराउन काठमाडौं आएका थिए ।

प्रदेश सरकारका चार मन्त्रीसहित १२ जना सांसदको टोलीले गत मंगलबार काठमाडौं पुगेर रावललाई भेटेको थियो ।

उनीहरूले रावललाई प्रतिनिधिसभा सदस्य पदबाट दिइएको राजीनामा फिर्ता लिएर पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका थिए ।

रावलले प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने दिने सांसदबाट राजीनामा दिएको घोषणा गरेका थिए ।

About The Author

Loading...

अन्य समाचारहरु: