Wed. Sep 22nd, 2021

मेलम्चीमा फेरि आयो बाढी, रेडियोको भवन पनि बगायो

सिन्धुपाल्चोक– मेलम्चीमा शनिबार राति फेरि बाढी आएको छ। बाढीले केही घरमा क्षति पुर्‍याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ। बाढीले रेडियो मेलम्चीको भवन पनि बगाएको छ।

राति १ बजेतिर रेडियोको भवन बाढीले बगाएको रेडियोका स्टेशन म्यानेजर देवराज सुवेदीले जानकारी दिए। गएको असार १ गते आएको बाढीले रेडियोको भवनमा क्षति गरेको थियो। 

यस्तै हेलम्बु गाउँपालिका जोड्ने चनौटेको रातोपुल उच्च जोखिममा छ। ग्यालथुममा रहेको एउटा झोलुङ्गे पुल बगाएको छ भने नदीको सतह बढेपछि ग्यालथुम बजार समेत जोखिममा रहेको सिन्धुपाल्चोकका एसपी राजन अधिकारीले जानकारी दिए। 

Loading...