Fri. Mar 29th, 2024

धादिङमा हाइटेक पुस्ता नै मान्दैन मास्क र दुरी (तस्बिरहरु)

शंकर श्रेष्ठ

धादिङ– पछिल्लो साता धादिङको दैनिक संक्रमणदर २५ प्रतिशतभन्दा माथि छ । संक्रमणदरमा पहिले र अहिले खासै तलमाथी छैन । एक महिना अघिदेखि ५ सयकै हाराहारीमा रोकिएको छ ।

निषेधाज्ञा खुकुलो बनाएसँगै बजार, कार्यालय र पसलमा चहलपहल बढेको छ । मानिसहरु मास्क र सामाजिक दूरी बिनै भीडभाड गरिरहेको देख्न सकिन्छ । मुख्य बजारमा मानिसहरुको भीड देखिएपनि प्रशासनले भने अनुगमन गर्न सकेको छैन ।

निषेधाज्ञा लागू गर्ने अधिकार पाएका प्रमुख जिल्ला अधिकारीले मास्क र सामाजिक दूरीको अनुगमनलाई कडा तुल्याउँदै साविककै आदेशलाई कायम राखी निषेधाज्ञा थप गरेपनि सवारी चालक, पसले, व्यवसायी, पैदलयात्री माक्स नलगाइकनै अटेर गरिरहेका छन् । तरकारी पसलदेखि शैलुन व्यवसायी समेत मास्क नलगाइ व्यवसाय संचालन गरिरहेका छन्
मास्क नगलाउनेमा अधिकांश युवापुस्ता नै देखिन्छन् ।
तस्बिरहरु : शंकर श्रेष्ठ

About The Author

Loading...

अन्य समाचारहरु: