Thu. Mar 28th, 2024

प्रवेशपत्रका आधारमा कक्षा ११, १२ र विश्वविद्यालयका विद्यार्थीलाई खोप दिइने

काठमाडौ

काठमाडौंमा शुक्रबारबाट कक्षा ११ र १२ रु विश्वविद्यालयका विद्यार्थीलाई खोप दिइने भएको छ। १८ वर्ष पूरा भएका ११ र १२ कक्षाका विद्यार्थी र विश्वविद्यालय तहको परीक्षाको प्रवेशपत्र लिएका विद्यार्थीलाई भेरोसेलको पहिलो मात्राको खोप लगाइने काठमाडौं महानगरपालिकाले जनाएको छ।

भदौं ४,५ र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालहरुमा सो खोप उपलब्ध गराइने महानगरपालिकाको सहरी स्वास्थ्य विभागका प्रमुख हरि कुँवरले जानकारी दिए।

आफ्नो उमेर र परिचय खुल्ने कागजातसहित नजिकको खोप केन्द्रमा गई स्वास्थ्य मापदण्ड पूरा गरेर खोप लगाउन आग्रह गरिएको छ।

४० वर्ष माथिकालाई भेरोसेलको पहिलो मात्रा
काठमाडौँ महानगरपालिकाले शुक्रबारबाट लगाउने चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा ४० वर्ष वा सो भन्दा माथिका उमेर समूहलाई पनि लगाउने जनाएको छ।

स्वास्थ्य विभागका प्रमुख कुँवरका अनुसार कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउनका लागि खोप केन्द्र तय गरेको छ। त्यसमा यसअघि लगाउँदै आएका केन्द्रसँगै आठ केन्द्र थप गरिएको छ।

यसअघि खोप लगाइँदै आएका महानगरपालिकाको ३२ वडाका खोप केन्द्रसँगै राधास्वामी आइसोलेशन सेन्टर, सशस्त्र प्रहरी बल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्ताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, नेपाल प्रहरी अस्पताल र वीरेन्द्र सैनिक अस्पताललाई पनि यसपटक खोप केन्द्रका रुपमा विस्तार गरिएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: