Wed. Sep 22nd, 2021

काबुल विमानस्थल आक्रमणको चेतावनी

अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अर्को आक्रमण हुनसक्ने अमेरिकी राष्ट्रपति जो बाइडेनले चेतावनी दिएका छन्। 

सैनिक कमान्डरहरूले आइतबारसम्मम नै अर्को आक्रमण हुनसक्ने जानकारी दिएको उनको भनाइ छ। स्टेट डिपार्टमेन्टले जोखिमलाई मध्यनजर गदै यसअघि नै सो क्षेत्रबाट टाढा रहन आफ्ना नागरिकहरूलाई चेतावनी जारी गरेको छ।

बेलायतले उद्धार कार्य बन्द गरिसक्दा अमेरिकाले भने काबुलबाट उद्धारलाई जारी राखेको छ। बिहीबार विमानस्थल नजिकै भएको विस्फोटमा कम्तीमा १७० जनाले ज्यान गुमाएका थिए। 

इस्लामिक स्टेटको स्थानीय सङ्गठन इस्लामिक स्टेट इन खोरासान प्रान्त (आइएस-के) ले उक्त हमलाको जिम्मेवारी लिएको छ।

यसको बदलामा अमेरिकाले शुक्रबार पूर्वी अफगानिस्तानमा ड्रोन हमला गरेको थियो। हमलामा आइएस-के दुई जना उच्च सदस्य मारिएको अमेरिकाको दाबी छ।

Loading...