Tue. Apr 16th, 2024

फिफा विश्वकपको युरोपेली छनोट: फ्रान्स बराबरीमा, डेनमार्क विजयी

एजेन्सी –

फिफा विश्वकपको युरोपेली छनोटमा विश्व विजेता फ्रान्सले बोस्निया एण्ड अर्जगोभिनासँग १–१ को बराबरी खेलेको छ ।

१० खेलाडीमा सीमित रहेर खेलेको फ्रान्सले एक गोलले पछि परेको अवस्थामा बराबरी गोल फर्काएको थियो ।

फ्रान्सको घरेलु मान स्टेड डे ला मेइनाउमा भएको खेलको ३६औं मिनेटमा एडेन जेकोले गोल गर्दै बोस्नियालाई अग्रता दिलाएका थिए । तर त्यसको चार मिनेटपछि नै एन्टोइनी ग्रीजमनले फ्रान्सका लागि बराबरी गोल फर्काए ।

५१औं मिनेटमा जुल्स कुन्डे रातो कार्ड पाउ मैदान बाहिरिएपछि फ्रान्स १० खेलाडी सीमित भयो । त्यसपछि थप गोल हुन सकेन र दुवै टिमले बराबरी खेल्दै समान एक अंक जोडे ।

समूह डी मा दोस्रो बराबरी खेलेको फ्रान्स चार खेलबाट ८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो बराबरी नै खेलेको बोस्निया तीन खेलबाट दुई अंकसहित चौथो स्थानमा छ ।

उता समूह एफमा शतप्रतिशत जित हात पार्ने क्रममा डेनमार्कले स्कटल्याण्डलाई २– ० ले हरायो ।

घरेलु मैदान कोपनहेगनमा भएको खेलमा डेनमार्कका लागि डानिएल वासले १४औं र योकिम माहलेले १५औं मिनेटमा गोल गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: