
एजेन्सी –
अमेरिकाका विभिन्न राज्यमा आइडा आँधीसँगै आएको बाढीका कारण तीन जना नेपाली नागरिकसहित कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।
अमेरिकास्थित युनाइटेड शेर्पा एसोसियसनका अनुसार न्युर्योकमा बाढीका कारण सोलुखुम्बु घर भएका एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका वडा नम्बर ३ जुनबेसी स्थायी घर भएका आङगेलु लामा, श्रीमती मिङ्मार शेर्पा र १९ महिने छोरा लोप्साङ लामाको मृत्यु भएको एसोसियसनले जनाएको छ ।