
धादिङ– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० जोगीमारामा पहिरो खसेको छ । पहिरोले सडक एकतर्फी मात्रै खुलेकोले सवारीको जाम लागेको छ ।
मंगलबार बिहान ६ पहिरो खसेको हो। सडक विभागको डोजरले पहिरो पन्छाएर सडक एकतर्फी खुलाएको प्रहरीले जनाएको छ ।
पहिरोले यातायात अवरुद्ध हुँदा सडकको दुबैतर्फ सबारी साधनको लामो लाइन लागेको छ भने यात्रुहरुले सास्ती पाएका छन्। दुबैतर्फ पहिरो ठूलो भएकोले सडक खुलाउन अझै समय लाग्ने प्रहरीले जनाएको छ ।