Fri. Mar 29th, 2024

लङ कोभिडमा पुनस्थापनाको महत्व

सृष्टी बज्राचार्य


हरेक वर्षझैँ यस वर्ष पनि ८ सेप्टेम्बरका दिन विश्व फिजियोथेरापी दिवस मनाइँदै छ । अहिले संसार भरी नै जनजीवन अस्त व्यस्त बनाएको कोभिड १९ लाई मध्यनजर गरी यस वर्षको विश्व फिजियोथेरापी दिवस लङ कोभिड सबैका लागि फरक हुन्छन्, फिजियोथेरापिष्टले लङ कोभिडका लक्षणहरु व्यवस्थापन गर्न मदत गर्न सक्छन् भन्ने मूल नाराका साथ विश्वभरि मनाइँदै छ ।

कोभिड–१९ को संक्रमण भएको १२ हप्ता वा सो भन्दा बढी समयसम्म पनि लक्षणहरु देखाइरहनुलाई लङ कोभिड भनि परिभाषित गरिएको छ । १० जनामध्ये १ जनामा १२ हप्ता वा सो भन्दा बढी समयसम्म लक्षणहरु देखिएको पाइएको छ । कोभिड–१९ का बिरामीहरुमा ६ महिना पश्चात् पनि देखिएका ३ प्रमुख लक्षणहरु अत्याधिक थकान (Extreme exhaustion),(Post exertional symptom exacerbation-PESE),लङ कोभिडमा पुनस्र्थापनाको महत्व एकाग्रता र स्मरण शक्तिमा समस्या रहेका छन् । त्यसैगरि अरु लक्षणहरु निम्न प्रकारका छन्ः
– सास फेर्न कठिनाई
– छाती दुख्ने
– अनिंद्रा
– थकान
– मांसपेशी दुखाई
– जोर्नी दुखाई
– डिप्रेशन र एनजाइटी
– कानको दुखाइ, कान बज्नु
– झाडा पखाला, पेटको दुखाइ, खान मन नलाग्नु
– खोकी लाग्नु, टाउको दुख्नु, घाँटी दुख्नु, स्वाद र गन्धथाहा फरक लाग्नु
– शरीरमा डाबरहरु आउनु

लङको भिड भएका धेरै जसोमा केहि समय ठीक भए जस्तो लाग्ने तर केहि समय पछि फेरि समस्या आउने कारणले धेरैमा निराशा भएको पनि पाइएको छ । लङ कोभिडको व्यवस्थापनमा पुनस्र्थापनाले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्दछ ।

हरेक व्यक्तिको लङ कोभिडका लक्षणहरु फरक हुन सक्छन् । अन्तत पुनस्र्थापना पनि हरेक व्यक्तिको लक्षणहरु तथा लक्ष्य र प्राथमिकताका आधारमा निर्धारण गर्नुपर्ने हुन्छ । लक्षणहरुको स्व–व्यवस्थापनमा क्रियाकलाप निरीक्षण (activity pacing) र मुटुको धड्कन निग्रानी (heart rate monitoring) ले महत्वपूर्ण भूमिका निर्वाह गर्ने गर्दछ ।

क्रियाकलाप निरीक्षण (Activity pacing)
फिजियोथेरापिष्टको मदतद्धारा पेसिङको प्रयोग गर्न सकिन्छ । पेसिङ भन्नाले PESE हुन नदिनका लागि क्रियाकलापहरु गर्ने समयमा अपनाउन सकिने स्व व्यवस्थापन रणनीति भन्ने बुझिन्छ । पेसिङ रणनीति अपनाउँदा आफूमा भएको उर्जा भन्दा कम उर्जाको प्रयोग गरिन्छ, जस अन्तर्गत क्रियाकलापहरुलाई छोटो राखी आराम गर्नुपर्दछ र क्रियाकलापहरुलाई छोटो बनाउने प्रयत्न गर्नुपर्दछ । यसमा तलका बुँदाहरुमा ध्यान पुर्याउन आवश्यक हुन्छ ः

१. आफनो उर्जा आरक्षण बारे बुझने
यसका लागि न्यूनतम क्रियाकलापबारे बुझन डायरी राख्न महत्वपूर्ण हुन्छ । कसरत अथवा क्रियाकलाप गर्दा केहि उर्जा बाँकी हुने तरिकाले गर्नुपर्दछ तथा अत्यन्त थकान महशुश हुने गरि क्रियाकलाप गर्न उपयुक्त हुँदैन ।

२. आफूमा भएको उर्जाबारे यकिन गर्ने
तपाइँले डायरीमा टिपोट गर्नुभएको क्रियाकलापहरुबाट एक ढाँचा देखिन्छ । त्यहि ढाँचा अनुरुप थकान महशुश भएको क्रियाकलापलाई परिमार्जन गर्न सकिन्छ र अत्यन्त थकान (fatigue) महशुश हुने क्रियाकलापहरु पूर्ण रुपले बन्द गर्नुपर्ने हुन्छ ।

३.आफना क्रियाकलापहरुलाई निम्न रुपले वर्गिकरण गर्ने
कुन कुन क्रियाकलापहरु महत्वपूर्ण छन् वर्गिकरण गर्ने,त्यस क्रियाकलापहरुलाई कसरी सजिलो बनाउन सकिन्छ भन्ने बारे पनि सोच्ने।
– दिनका महत्वपूर्ण क्रियाकलापहरुको योजना बनाउने साथै आराम गर्ने समय पनि छुट्यााउने ।
– आफनो मुख्य क्रियाकलापलाई सानो क्रियाकलापहरुमा विभाजन गरि बीचमा आराम गर्ने प्रशस्त समय राख्ने ।
– दिनको केहि समय आफूलाई मन पर्ने क्रियाकलापहरु गर्नका लागि छुटाउने ।
४.उर्जा बचाउन सिक्ने
– “नाइ” भन्न सिक्ने ।
ड्ड केहि समयका लागि “अलि बढि कामगर्ने” प्रविधि कम गर्ने ।

५. क्रियाकलापहरुको बीचमा आराम लिन सिक्ने
– आराम गर्दा पूर्ण रुपमा विश्राम लिन जरुरी हुन्छ ।
– आराम गर्ने समयमा उत्तेजना प्रदान गर्ने क्रियाकलापहरु जस्तै (टि.भी, सामाजिक संजाल आदि) कम प्रयोग गरेको राम्रो हुन्छ ।
– समय समयमा ध्यान र श्वाश प्रश्वाशको कसरतहरु (फिजियोथेरापिष्टको परामर्शमा) गर्दा पनि प्रभावकारी हुन्छ ।

धड्कन निग्रानी (Heart rate monitoring)
यसका निमित्त फिजियोथेरापिष्टको परामर्श आवश्यक हुन्छ र मुटुको धड्कन -heart rate_प्रत्येक दिन खाटबाट उठ्नु अघि लिन आवश्यक हुन्छ ।

लङ कोभिडको लक्षण भएकाहरुले के आफनो कामको फेरि बढाउन सकिन्छ होला ?
– जब लक्षणहरुमा सुधार आउँछ र कम थकानको महशुश हुँदै जान्छ, क्रियाकलापको गति बढाउन फिजियोथेरापिष्ट सँग मदत लिन आवश्यक हुन्छ, जसमा पेटका मांसपेशी बलियो बनाउने कसरतहरु तथा हिँड्ने क्रियाकलाप पनि १०% ले बढाउने हुन सक्छ ।

– व्यवहारिक र लचिलो हुनु्पर्दछ, दैनिक क्रियाकलापको रुटिन बनाउने तथा केहि दिनहरुमा धेरै आरामको आवश्यकता हुन्छ भन्ने कुरा बुझने ।

– आफूले गर्न नसकेको क्रियाकलापमा भन्दा गर्न सक्ने क्रियाकलापमा धेरै ध्यान दिने ।
अन्तत लङ कोभिडको व्यवस्थापनका लागि “रोक्नुहोस्, आराम गर्नुहोस् र फेरि गति लिनुहोस” र पुनस्र्थापनाकर्मी अथवा फिजियोथेरापिष्टको सहयोग तथा परामर्श लिन नर्बिर्सिनुहोस्।
(सन्दर्भ तथा स्रोत सामाग्रीः वल्र्ड फिजियोथेरापी डे एड्भोकेसी टुलकिट, (www.world.physio/wptday)

About The Author

Loading...