Tue. Dec 3rd, 2024

तीव्र प्रतिस्पर्धाकाबीच टुङ्गियो नीलकण्ठ ३ र ज्वालामुखी ४ मा कांग्रेसको वडा सभापति

धादिङ– नेपाली कांग्रेसले तीव्र प्रतिस्पर्धाकाबीच नीलकण्ठ नगरपालिका–३ र ज्वालामुखी गाउँपालिका–४ को वडा सभापति टुङ्गो लगाएको छ । 

यो दुबै वडामा प्रधानमन्त्री शेरबहादुर देउवा पक्षका भीमप्रसाद ढुंगाना र रामचन्द्र पौडेल पक्षका रामनाथ अधिकारीबीचको तीव्र प्रतिस्पर्धा चलेको हो ।

प्रतिस्पर्धाकैबीच जिल्ला सदरमुकाम रहेको नीलकण्ठ ३ को वडा सभापतिमा तेश्रो व्यक्तिको प्रवेश भएको छ । ढुंगाना पक्षबाट चर्चामा रहेका गोपीकृष्ण भण्डारी र अधिकारी पक्षका ईश्वर अर्याल दुबै जनालाई व्याक गराउँदै कांग्रेसले होमनाथ रिजाललाई वडा सभापति निर्वाचित गराएको हो । रिजाल ढुंगाना लाइनका व्यक्ति हुन् ।

यता ज्वालामुखी ४ मा भने राजनीतिक लेनदेखको सम्झौतापछि सभापतिको टुङ्गो लागेको छ । ढुंगाना पक्षले सभापतिसहित २६ जना मात्रै आफुहरुले लिने र बाँकी सबै अधिकारी पक्षलाई दिने सहमतिपछि ढुंगाना पक्षले सहयोग गरेका उम्मेदवार श्रीराम शाह वडा सभापतिमा चुनिएका छन् ।

ढुंगाना पक्षका श्रीरामको प्रत्यासीको रुपमा अधिकारी पक्षका हरि तिमल्सिना थिए । वडा अध्यक्ष कृष्ण गुरुङको सहयोगमा श्रीरामले उम्मेदवारी दिएका थिए भने गाउँपालिका अध्यक्ष एवं् जिल्ला सचिव विनोद तिमल्सिना र नेता नरेन्द्र भट्टको सहयोगमा हरिले वडा सभापतिमा उम्मेदवारी दिएका थिए । प्रतिनिधिहरुको भने अझै टुङ्गो लागेको छैन ।

जिल्लामा रहेको १ सय ४ वडा मध्य १ सय २ वडामा यसअघि नै सभापतिको टुङ्गो लगाइसकेको छ । वडा सभापतिमा भीमप्रसाद ढुंगाना पक्षको बाहुल्यता देखिएको छ भने सबै पदमा निर्वाचित हुनेमा रामनाथ अधिकारी पक्षको बाहुल्यता देखिएको छ ।

धादिङमा रामनाथ अधिकारीको पक्षमा जिल्ला सभापति रमेश धमलासहित महासमिति सदस्य बासु तिमल्सिना, हरि अधिकारी, फडिकान्त छत्कुली, हालका जिल्ला उपसभापति भक्त लामा, जिल्ला सचिव विनोद तिमल्सिना छन् ।

भीम प्रसाद ढुंगानाको पक्षमा पूर्व मन्त्री पाख्रिनसहित प्रदेश सांसद डा.राजाराम कार्की, जिल्ला सचिव हरिराम बुर्लाकोटी, महासमिति सदस्य तिलक रुवाली, पूर्व जिल्ला उपसभापति रामकृष्ण अधिकारी, नेता शिवराज अधिकारी छन् ।

About The Author

अन्य समाचारहरु: