Wed. Sep 22nd, 2021

विश्वकप छनोट: मेस्सीको ह्याट्रिकमा अर्जेन्टिनाको जित

काठमाडौं–  फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को जित निकालेको छ। अर्जेन्टिनाको जितमा कप्तान लियोनल मेसीले ह्याट्रिक गरेका थिए।

मेसीले खेलको १४औं मिनेटमा लियान्द्रो पेरेडेजको पासमा गोल गरी अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। खेलको ६४औं मिनेट र ८८औं मिनेटमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरे।

दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना ८ खेलबाट १८ अंकसहित दोस्रो स्थानमा छ। अर्जेन्टिनाले अहिलेसम्म ५ जित र ३ बराबरीको नतिजा निकालेको छ।

Loading...