
धादिङ– स्वतन्त्र नागरिक अभियानले धादिङबेसीमा एमसीसी विरुद्ध प्रदर्शन गरेको छ ।
एमसीसी राष्ट्रघाती कदम भएकोले संसदमा अनुमोदन नगर्न दवाप स्वरूप विरोध प्रदर्शन गरेका हुन् । एमसीसी सम्झौता स्वीकार गर्दा देशमा अस्थिरता र द्वन्द्वमा फस्ने हुनाले आम नागरिक एमसीसीको विरुद्धमा उत्रनु पर्ने प्रदर्शनमा सहभागीहरुले बताएका छन् ।
विरोधमा उत्रिएका युवाहरुले देशमा कुनै पनि हालतमा एमसिसि कार्यान्वयन हुन नदिने बताउदै राष्ट्रघाती एमसीसी पास गर्न पाइदैन, एमसीसी चाहिदैन लगायतका नारा लगाएका थिए ।