Fri. Mar 29th, 2024

अस्पतालमा ‘बम’ राखेर ३ करोड फिरौती माग्ने धादिङ र रोल्पाका तीन जना पक्राउ

काठमाडौं : काठमाडौंको पुरानो बानेश्वरस्थित मातृका आँखा अस्पतालमा ‘बम’ राखेर फिरौती माग्ने समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले काठमाडौं र धादिङबाट ३ जनालाई पक्राउ गरेको हो ।

भदौ २५ मा आँखा अस्पतालमा फेला परेको बम सेनाको टोलीले निस्क्रिय बनाएको थियो ।

धादिङका दुई युवा र रोल्पा घर भएका एकजना युवाले बम राखेर आँखा अस्पतालमा सञ्चालक किशोर प्रधानसँग ३ करोड फिरौती मागेका थिए । मातृका आई सेन्टरको तेस्रो तलास्थित शौचालयमा बम भेटिएको थियो ।

About The Author

Loading...

अन्य समाचारहरु: