Wed. Sep 22nd, 2021

प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित

काठमाडौँ : प्रतिनिधिसभाको बैठक भदौ २९ गतेसम्मका लागि स्थगित भएको छ ।

आजको बैठकमा नेकपा एमालेका सांसदहरुले नाराबाजी अवरुद्ध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले भदौ २९ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

प्रतिनिधि सभाको आजको दोस्रो बैठक पनि अवरुद्ध भएपछि सभाभुख सापकोटाले बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरेका हन् ।

यसअघि पहिलो बैठक पनि एमालेका सांसदहरुले नाराबाजीसँगै अवरोध गरेपछि १५ मिनेटको लागि स्थगित भएको थियो ।

१५ मिनेटपछि बैठक सुरु भए पनि एमालेले पुनः अवरोध गरेपछि सभामुख सापकोटाले बैठक भदौ २९ गतेसम्मका लागि स्थगित गरेका हन् ।

सभाभुख अग्नि सापकोटा पार्टी फुटाउन मतियार बनेको र माधव नेपालसहितका नेताहरुलाई गरेको कारवाही कार्यान्वयन नभएसम्म बैठक संचालन हुन नदिने एमालेले बताउँदै आएको छ।

Loading...