Wed. Oct 27th, 2021

यात्रा गर्दै हुनुहुन्छ ? नौविसे-नागढुङ्गा सडकमा जाम छ है !

धादिङ- त्रिभुवन राजपथ अन्तरगत नौविसे–नागढुङगा सडक खण्डमा लामो जाम लागेको छ । (हिजो) बुधबार दिउसोदेखि नै जाम लागेकोले करिब १० किलोमीटर दुरी पास गर्न यात्रुहरू घन्टौं जाममा बस्नु परेको छ ।

सुरुङमार्ग निर्माण नजिकै बुधबार ट्रक बिग्रीएर केही समय सडक अबरुद्ध भएर सुरु भएको जाम पृथ्वी राजमार्गको जुगेखोला सम्म पुगेको थियो। अहिले पनि नौविसे–नागढुङगा सडक खण्डको जाम पृथ्वी राजमार्गको धार्के क्रस भएको छ ।

राजमार्गमा केही अबरोध नभए पछि गाडीले ओभरटेक गर्दा राजमार्गमा सवारी साधनको अस्तव्यस्त रहेको इलाका प्रहरी कार्यालय खानिखोलाले बताएको छ ।

बैकल्पिक राजमार्ग रूपमा रहेको धार्के – सितापाईला सडकलाई सरकारले चासो नदिदा नागरिकले दुःख पाएका छन्।

Loading...

अन्य समाचारहरु: