Tue. Jul 16th, 2024

सिंगारिदै स्याल कुद्ने डाँडाहरु

imager
धादिङ – कुनै बेला स्यालकुद्ने डाडाहरु विस्तारै विस्तारै सिंगारिन थालेका छन् । ठूलो लगानीका साथति डाडाहरु रुपमतिहुदैछन् । मलेसियाको क्यामरुन हाइल्यान्डलाई पुरै तासेर नमुना कृषिफार्मको रुपमा स्थापित गरेर मलेसियन सरकारले एग्रो टुरिजमबनाएजस्तै नेपालमा रहेका डाडाकाडाहरु पनि सिंगारिदै गएका छन् । एग्रो टुरिजमको कन्सेप्टले ति डाडाहरुमा चिया, कफी, तरकारी खेति गरेर डाडाकाडा सिंगारिन थालेकाहुन । नेपालकाथुप्रै डाडाहरुमध्ये राजधानीसँग सीमाजोडिएको धादिङ जिल्लाको नलाङस्थित ‘नेको डाँडो’ को परिचय फेरिएर अहिले ‘कफि डाँडो’बनेको छ । पानीको सुविधा समेत नभएको र कुनै बेलागाइचराउनमात्रउपयोग हुने सो डाँडोको नामयत्तिकै फेरिएको भने हैन ।

३ सय रोपनीमा फैलिएको सिंगो डाँडोमा रोपिएका ५१ हजार कफिकाविरुवाले गर्दा डाँडोले नै नयाँनामपाएको हो ।स्थानीय भरत रेग्मीसमेतको समूहले ३ वर्षअघि सुरु गरेको प्राङगारिक कफि खेति र एग्रो टरिजम ९कृषिपर्यटन० को अभ्यासले सफलतापाउनथालेको छ । पर्यटन व्यवसायमादुई दश बढी अनुभव गरेका रेग्मीकै पहलमा रिसोर्ट र कफिफार्म संचालनमा आएपछि पर्यटनको चहलपहल समेत बढ्न थालेको छ ।

पर्यटकलाई कृषिउपजउत्पादन, प्रशोधन र उपभोगको सुविधाउपलब्ध गराइने अवधारणा हो एग्रो टुरिजम । “यो अवधारणा अनुसार कृषिफार्महरुमा भ्रमण गर्ने पर्यटकहरुलाईकृषिउपज हेर्न, सुँघ्न, स्वादलिन, छुन र महसुस गर्न सक्छन्,” रेग्मी भन्छन्, “यहाँआउने पर्यटकहरुले आफूहरु सन्तुष्ट रहेको प्रतिक्रियादिएका छन्, पुनःआउने बचन समेत दिएका छन् धेरैले ।” पर्यटकहरु आफैले काउलीउखेलेर उसिन्नलगाएर खाने, कफिको विरुवा रोप्ने, कफि टिप्ने जस्ता कामगर्न पाउँदाउत्साहितभएको उनको अनुभव छ ।

हिमालय अनटप अग्र्यानिककफी इस्टेट प्रालिनामककम्पनीमार्फत कफिउत्पादन र कन्ट्रि प्याराडाइज रिसोर्ट प्रालि। मार्फत एग्रो टुरिजमको अभ्यास भैरहेको छ । दुैबकामकालागि रेग्मी र उनको समूहको १० करोडको लगानी छ । सुविधासम्पन्न रिसोर्टसहितको एग्रो टुरिज्मसँगै निर्यातको लक्ष्यलिएर उत्पादन सुरु गरिएको कफिफार्मले स्थानीयलाई रोजगारी समेत दिइएको छ । हाल १६ जना पूर्णकालीनकर्मचारी, तीन देखि ४ महिनासम्म ५० सय जनाले काम गर्छन् भने महिना एक पटक कम्तिमा १ सयजनाले कफिको स्याहारकालागिकाम पाउँछन् । फार्म वरपरका ५ गाउँकालागि रोजगारीको विकल्प समेत बनेको छ ।

कफिफार्म हेर्न दुई वर्षको अवधिमाकरिव ५ सयको संख्यामाविदेशीपर्यटक पुगेका छन् । नलाङ पुग्ने पर्यटकहरुमा वहालवालानेपालस्थितनर्वेजियन राजदुतकेजेल टर्मोट पिटरर्सनदेखि पूर्व राजदुतहरु टोरेट ९नर्वे० र स्कट डेलीसी (अमेरिका) समेत छन् । विश्वमै चरा विज्ञका रुपमाचर्चित क्यारोल इनिस्कीप र टिम इनिश्किपपनिनलाङ पुगेर फर्किसकेका छन् । कतिपयपर्यटकले कफीको विरुवा समेत रोपेर छाडेको फार्ममा भेट्न सकिन्छ । पानीको असुविधा रहे पनिआकासे पानीउपयोग गर्ने सिंचाइको अष्ट्रेलियनप्रविधिकोउपयोगबाट १० वटा आधुनिकपानी ट्याङकीमाजम्माभएको पानीले नै वर्षभर कफिविरुवामापानीको आवश्कतापूर्ति गर्ने गरेको छ ।

नेपालमाहाल ¥याप्टिङ, जंगल सफारी, टे«किङ, सांस्कृतिकमहत्वको क्षेत्रको भ्रमण, हिमालआरोहण आदिलाई पर्यटनको क्षेत्रको रुपमाविकसित गरेको पाइन्छ । एग्रो टुरिजमकै अवधारणा अनुसार आफ्नो फार्ममावर्षेनी ५ सय ९विदेशी० र यत्तिकै संख्यामापर्यटक भित्राउने उद्देश्यलिएका रेग्मी अर्थतन्त्रको लागिनयाँविकल्पको रुपमालिनुपर्नेमाजोड दिन्छन् । “एग्रो टुरिजमकालागि कृषिकाफार्म हेर्नकालागिमात्रथपदुई लाखपर्यटक भित्र्याउने सम्भावना छ,” रेग्मी थप्छन्, “सुख्खा डाँडामा हामीले गरेकाप्रयास त सफल भैरहेको छ, पानीका सुविधा सहितका नेपालका धेरै डाँडाको उपयोगले पर्यटन विकास गर्न सकिन्छ ।” एग्रो टुरिजमको नमूनाबन्ने लक्ष्यलिएकाउनले युवापलायन रोकेर मुलुकमै आयआर्जनको लागि समेत यो अवधारणा सफलहुने बताउँछन् ।

कृषिपर्यटनको विकासकालागि कृषि विज्ञ डा। मदन राइलगाएतका विज्ञहरु समेतले अभियान संचालनमाल्याएका छन् । नेपालमाउ्रद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषिउद्यम केन्द्रले सुरु गरको एक गाउँ एक उत्पादन र एक जिल्ला एक उत्पादनले कास्की, लमजुङ लगाएतका क्षेत्रमा कृषिपर्यटनको क्षेत्रका समेत काम गरेका छन् । होमस्टेको रुपमाविकसितभएको कृषिपर्यटनलाईशभर खुलेकाव्यवसायीक कृषिफार्महरुलाई उपयोग गरी ‘फार्म स्टे’ मा रुपान्तरण गरेर एग्रो टुुरिजमको अवधारणा अनुसार संचालनगर्न सकिने कृषि विज्ञ डा। राजेन्द्र देवकोटाले बताए । “हालव्यवसायीक कृषिमालागेकायुवाहरु आफैले एकतावद्ध भएर पनि धेरै गर्न सक्छन्, यसकालागि सरकारको बाटो कुुर्नुपर्ने आवश्यकतापनि पर्दैन,”देवकोटाले भने । हलोखबरबाट

About The Author

Loading...

अन्य समाचारहरु: