Fri. Mar 29th, 2024

कमेडी च्याम्पियन सिजन दुईको गा्रन्ड फिनाली आज बेलुका हुदैछ । च्याम्पियन को होला

काठमाडौ –

लोकप्रिय रियालिटी सो कमेडी च्याम्पियनु दोस्रो सिजनको आज फाइनल हुँदैछ।

आज राति ९ बजे उक्त रियालिटी सो कान्तिपुर टेलिभिजनमा लाइभ प्रसारण हुँदैछ।

प्रतिस्पर्धी भरतमणि पौडेल, विक्की अग्रवाल र सन्तोष थापामध्ये एकले आज उपाधि पाउनेछन्।

पहिलो विजेताले २५ लाख रूपैयाँ र कार पाउने छन् भने दोस्रोले मोटरसाइकल र तेस्रोले स्कुटर पाउने छन्।

को बन्लान् यसपालिका कमेडी च्याम्पियन

को बन्लान् त दोस्रो कमेडी च्याम्पियन

यो प्रश्नले कलाकारसँगै उनीहरूका आफन्तजन र शुभेच्छुकको मनमा खुल्दुली जगाएको छ। तपाईं पनि विजेता को बन्लान् भनेर पक्कै उत्सुक हुनुहुन्छ होला।

धेरैले अनुमान लगाउँदै आएको यो विषयमा आउनुस् हामी पनि एकछिन चर्चा गरौं।

कमेडी च्याम्पिनयको टप–३ मध्ये भरतमणि सबैभन्दा बलिया दाबेदार मानिन्छन्। प्रशंसकदेखि कमेडी च्याम्पियनका निर्णायकहरूले भनिसके, कमेडी च्याम्पियन सिजन–२ जिते पनि नजिते पनि भरतमणिले बाजी मारी सके।

भरतमणिको क्षमता र चर्चा हेर्दा हो पनि। भरतमणि सिजन–२ मा अरूमाथि हाबी भएका कलाकार हुन्। उनी मिमिक्रीमा निपूण छन्। पूर्व सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटा, पूर्व युवराज पारस शाह, घरबेटीजस्ता प्रस्तुति निकै रूचाइए।

आफ्नो भोगाइ मिसाएर समय सान्दर्भिक सामाजिक तथा राजनीतिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रूचाएका छन्। आत्मविश्वासका साथ स्टेजमा उत्रिने उनी पूर्वेली लवजमा सहजताका साथ कमेडी गर्न सक्छन्।

त्यसैले उनी आफ्ना सबै प्रस्तुतिमार्फत दर्शकलाई बाँधिराख्न र अपिल गर्न सफल रहे। मासअपिल गर्न सक्नु भरतमणिको बलियो पक्ष हो। यही कारण उनी प्रतियोगिताभर अरूमाथि हाबी भइरहे भन्दा फरक पर्दैन।

यसमा उनको पूर्वअनुभवले पनि साथ दियो। ताप्लेजुङवासी उनी रेडियो तमोरमा टेन्सन˜–फ्रीु कार्यक्रम चलाउँथे। यही कार्यक्रममार्फत उनले पूर्वाञ्चल हुँदै काठमाडौंसम्म आइपुग्ने आधार बनाएका हुन्।

उनले भद्रगोल टेलिशृंखलामा समेत अभिनय गरेका छन्। कमेडी च्याम्पियन–२ का निर्णायकमध्ये एक मनोज गजुरेलसँग लामो संगत गरेका उनीसँगै भरतमणिले रेडियो नेपालमा कायर्क्रमसमेत चलाएका थिए।

यस्तै अनुभवले उनलाई कमेडी च्याम्पियनमा खारिएको प्रस्तुति दिन सक्षम बनाएको हो। पटक–पटक पर्फमर अफ द शोु बनेका उनी कमेडी च्याम्पियन बन्न सफल भए पनि धेरैका लागि अप्रत्याशित हुने छैन।

टप–३ मा भरतमणिसँगै भारत सिक्किमवासी विक्की अग्रवालको चर्चा पनि कम छैन।

कलाकारमा मनोरञ्जन गराउने खुबीसँगै सिर्जनशील प्रस्तुति दिने चुनौती पनि हुन्छ। यसका लागि कलाकारले चुनौती मोल्ने जोखिम मोल्न सक्नु पर्छ। कमेडी च्याम्पियनको दोस्रो सिजनमा विक्कीले यस्तै जोखिम मोल्ने साहस देखाएर चर्चा कमाएका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: