Wed. Jan 22nd, 2025

नेपाल आज ओमानसँग भिड्दै

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गतको ओमानमा भइहरेको त्रिकोणात्मक सिरिजमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । यस सिरिजमा नेपालको यो अन्तिम खेल हो ।

यसअघि तीन खेल खेलिसकेको नेपालले एक खेल जित्दा २ खेलमा हार बेहोरेको थियो । पहिलो खेलमै अमेरिकालाई पराजित गरेको नेपाल त्यसपछि ओमानसँग र अमेरिकासँग पराजित भयो ।

अमेरिकाविरुद्ध लगातार तीन खेल जितेको नेपाल ओडीआईमा पहिलो पटक अमेरिकासँग पराजित भएको हो । ओमानसँग भने नेपाले ओडीआईमा जितविहीन छ ।

आज घरेलु टोलीसँग मैदान उत्रँदा नेपालको दुईवटा लक्ष्य छन् । एउटा ओमानलाई हराउने अनि प्रशिक्षक डेभ वाटमोरलाई सुखद बिदाइ गर्ने ।

२०२० फेब्रुअरीमा नेपानलमै भएको लिग टू को सिरिजमा नेपाल ओमानसँग दुवै खेलमा पराजित भएको थियो । अहिले भइरहेको सिरिजमा पनि नेपाल ओमानसँग सहजै पराजित भयो ।

लिग टू को अंकतालिकामा शीर्ष स्थानम रहेको ओमानविरुद्ध पहिलो जित हात पार्ने लक्ष्यमा नेपाल रहेको छ ।

यस्तै नेपाली टिमका मुख्य प्रशिक्षक डेभ वाटमोर पनि यस खेलपछि नेपालबाट बिदा हुँदैछन् । उनले सिरिजअघि नै नेपाल क्रिकेट संघ क्यानलाई राजीनामा पठाउँदै ओमानको सिरिज नै आफ्नो लागि अन्तिम हुने बताइसकेका छन् ।

नेपाल र ओमान बीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।

About The Author

अन्य समाचारहरु: