Fri. Mar 29th, 2024

दोस्रो नेत्रावती डबजोङ कप खुल्ला व्याडमिन्टन प्रतियोगीता हुने


धादिङ :दोस्रो नेत्रावती डबजोङ कप खुल्ला व्याडमिन्टन प्रतियोगीता हुने भएको छ । मार्पाक सामुदायिक क्लबले आयोजना गर्न लागेको प्रतियोगीताको फाइनल खेलका लागि नाम दर्ता गर्ने कार्य भइरहेको र आगामी असोज २४ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने बताइएको छ । धादिङको नेत्रावती डबजोङ गाउँपालिका वडा नं १ मार्पाकको निरन्जना माविमा हुने प्रतियोगीताको फाइनल खेल असोज २६ गते हुने आयोजकले जानकारी दिएको छ ।

नेत्रावती डबजोङ गाउँपालिका, वडा नं १ र २, निरन्जना मावि मार्पाकको सहकार्य, सकारात्मक प्रेरणा अभियान नेपाल, बालाजु कराते–डो प्रतिष्ठान नेपालको सहयोग, धादिङ जिल्ला व्याडमिन्टन संघको संयोजनमा प्रतियोगीता आयोजना गर्न लागिएको हो ।

प्रतियोगीतामा प्रथम हुनेलाई एघार हजार एक सय ११ रुपैया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र, द्धितिय हुनेलाई पाँच हजार पाँच सय ५५ रुपैया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र, तृतीया हुनेलाई दुई हजार दुई सय २२ रुपैया नगदसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।

त्यस्तै चर्तुर्थ हुनेलाई एक हजार एक सय ११ रुपैया नगदसहित गिफ्ट र प्रमाणपत्र, इमर्जिङ प्लेयर अफ दि टुर्नामेन्टलाई ¥याकेट, गिफ्ट र प्रमाणपत्र, क्वाटरफाइनलिष्ट चार जनालाई गिष्ट र प्रमाणपत्र प्रदान गरिने बताइएको छ । प्रतियोगीतामा सहभागीका लागि दर्ता शुल्क एक हजार एक सय ११ तोकिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: