Wed. Oct 27th, 2021

नेकपा (एस) पार्टीको धादिङबेसीमा कार्यालय स्थापना

धादिङ– नेकपा (एकिकृत समाजवादी) पार्टीले जिल्ला कमिटि धादिङको कार्यालय संचालनमा ल्याएको छ । सदरमुकाम धादिङबेसीस्थित पुछारबजारमा स्थापना गरिएको पार्टी कार्यालय आजबाट औपचारिक रुपमा संचालनमा ल्याएको हो ।

पार्टी कार्यालय उद्घाटन गर्दै नेकपा (एस) का केन्द्रिय सदस्य एवं् केन्द्रिय कार्यालय सचिव गंगालाल तुलाधरले केपि ओलि नेतृत्वको एमालेमा सुधारको संकेत नदेखिएपछि अर्काे पार्टी गठन गर्नुपरेको बताए ।

‘पार्टी अर्काे बनाउने हाम्रो चाहना थिएन, हामीले शुरुदेखि नै एकता हाम्रो चाहना हो भनेका थियौं । बाध्यकारी परिस्थितिमा मात्र विभाजन रोज्छौं भनेका थियौं’ उनले भने, ‘अन्तिमसम्म केपी ओलीले गर्ने व्यवहार हेर्छौं भनेका थियौं । उहाँहरुको सुधारको व्यवहार देखिएन ।’

एमालेमा सुधारको अवस्था नदेखिएकै कारण आफ्नो रगत पसिना भिजेको पार्टी नेकपा एमाले छाड्नुपरेको नेकपा (एस) केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटीले बताए । ‘हाम्रो भर्भराउँदो बैंसहरु हामीले पार्टी बनाउन खर्च ग¥यौं, पार्टीका नेताहरुको सिंगो जीवनको आधाआधी समय पार्टी बनाउन खर्च भएको छ, तर हामी बस्न पाएनौं’ बुर्लाकोटीले भने ।

नेकपा (एस)पार्टीले आजै नीलकण्ठ नगर कमिटि गठन गरेको छ । शिवनीधि खनाल इन्चार्ज, शिवराज सापकोटा सहइन्चार्ज चुनिएका छन् भने नगरकमिटिको संयोजकमा कुलमान वि.क., सहसंयोजकमा दामोदर अर्याल र सचिवमा शान्तविक्रम बानिया रहेका छन् । नगरपालिका भित्रका १४ वटै वडाबाट समेटेर ६१ सदस्यीय नगरकमिटि गठन गरिएको जिल्ला सचिव सुवास खतिवडाले बताए ।

Loading...

अन्य समाचारहरु: