Wed. Oct 27th, 2021

धादिङबेसीमा नयाँ डेन्टल क्लिनिक

धादिङ– सदरमुकाम धादिङबेसीमा नयाँ डेन्टल क्लिनिक थपिएको छ । पुछारबजार चोकभन्दा माथि संचालनमा ल्याइएको डेन्टलको आज उद्घाटन गरिएको हो ।

आजबाट संचालनमा ल्याइएको लाङ्घाली डेन्टल क्लिनिकले अत्याधुनिक प्रविधिसहित दाँत तथा मुखको उपचार गर्ने प्रबन्धक संचालक डा. रचना रेशमीले बताइन् । डेन्टलमा असोज मसान्तसम्म निःशुल्क दाँत परिक्षण गरिने र उपचारमा २० प्रतिशत छुट दिइने उनले जानकारी दिइन् ।

सामाजिक सुरक्षा भत्ता लिदै आएका वृद्धवृदालाई ३० देखि ५० प्रतिशतसम्म छुटको व्यवस्था गरिएकोे डा. रेशमीले जानकारी दिइन् ।

Loading...

अन्य समाचारहरु: