
संखुवासभा –
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङमा भएको ६ जनाको सामूहिक हत्याकाण्ड रिसिइबी र लुटपाटको उद्देश्यबाट भएको खुलासा भएको छ ।
सोमबार संखुवासभामा प्रहरीले पत्रकार सम्मेलन गर्दै घटनामा ५ जनाको संलग्नता रहेको भन्दै उनीहरुलाई सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार तेजबहादुर र उनकी श्रीमती कमला कार्कीको हत्या गर्ने र हत्या अन्यले देखेमा उनीहरुको पनि हत्या गरी धनमाल लुट्ने योजना बनाएको प्रहरीले जनाएको छ ।
हत्याको मुख्य योजनाकार लोकबहादुर कार्कीको काका खड्गबहादुर कार्की रहेको पनि प्रहरीले बताएको छ ।
हत्याकाण्डको योजना घटनाको अघिल्लो दिन लोकबहादुर कार्कीको घरमा बसेर बनाइएको र घटनाको दिन योजनाबद्धरुपमा तेजबहादुरलाई लोकबहादुरको घरमा पठाएको दाबी गरिएको छ ।
लोकबहादुर ढिलासम्म सुत्ने गरेकाले बोलाउन जानुपर्यो भन्दै मुख्य योजनाकार खड्ग बहादुर आफैले तेजबहादुरलाई घरमा पठाएको दाबी गरिएको छ ।
लोकबहादुरको घरमा पुगेर बोलाएलगत्तै तेजबहादुर फर्कँदै गर्दा सुरुमा लोक बहादुरले तेजबहादुरमाथि आक्रमण गरेको पाइएको छ ।