Fri. Mar 29th, 2024

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट थपियो, अब दैनिक ७२ सिलिण्डर उत्पादन

धादिङ– धादिङ अस्पतालले अत्याधुनिक अक्सिजन प्लान्ट संचालनमा ल्याएको छ । बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री प्रदीप कटुवालले प्लान्टको उद्घाटन गरेका छन् ।

बागमती प्रदेश सरकारले उपलब्ध गराएको यो प्लान्टले प्रतिदिन ५० सिलिन्डर अक्सिजन भर्न सकिने अस्पतालले जनाएको छ ।

मन्त्री कटुवालले अस्पतालमा थाइराइड चेक गर्ने मेसिनको पनि उद्घाटन गरेका छन् । मन्त्री कटुवालले धादिङ अस्पतालमा भवन निर्माणको कामलाई पहिलो प्राथमिकता दिएर लाग्ने बताएका छन् ।

धादिङ अस्पतालमा पि सि आर मेसिन जडान गर्ने तयारी भइरहेको अस्पतालका डा.त्रिभुवनचन्द्र झाले बताए । अस्पतालमा यस अघि प्रतिदिन २२ सिलिण्डर अक्सिजन उत्पादन गर्न सक्ने प्लान्ट संचालन भइरहेको थियो । अहिले फेरी अर्काे दैनिक ५० सिलिन्डर भर्न सक्ने प्लान्ट थपिएको हो । यससँगै अक्सिजनको आवश्यक परेका बिरामीलाई अन्यत्र पठाउनुपर्ने बाध्यता हटेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: