Sat. Jul 20th, 2024

गायक हवल लामाको “सुपारी छुर्पी मिठो” को भिडियो सार्बजनिक (भिडियो सहित)

video
काठमाडौँ  – गायक हवल लामाले आफ्नो दोस्रो एल्बममा समाबेश लोकपप गीत “सुपारी छुर्पी मिठो कान्छीले छुदामा” को भिडियो हालै मात्र सार्बजनिक गरेका छन् ।

अहिले विभिन्न टीभी स्टेशनहरु बाट उक्त भिडियो रिलिज भैरहेको छ। उर्मु – २ एल्बममा समाबेश उक्त गीतमा आशुसेन लामाको शब्द तथा संगीत र फणिन्द्र राइको एरेञ्ज रहेको छ। भिडियोमा पल र वर्षाको राम्रो केमिस्ट्री देख्न सकिन्छ ।काठमान्डौको फर्पिंङ् मा खिचिएको भिडियोमा धन योञ्जनले छायांकनमा अलि मिहिनेत गरेको देखिन्छ ।अनुप गिरीको सम्पादन रहेको उक्त भिडियोलाइ संचारकर्मी विवेक खतिवडाले निर्देशन गरेका हुन्।

यसअघि आफ्नो पहिलो एकल एल्बम  उर्मु बाट दुइवटा भिडियो बजारमा ल्याइसकेका गायक लामाले यो भिडियो लाई दर्शकले मनपराउने आशा ब्यक्त गर्दै केहि समयपछि अरु गीतहरुको पनि भिडियो बनाउने तयारी भैरहेको जानकारी गरेका छन्।

About The Author

Loading...

अन्य समाचारहरु: