Wed. Oct 27th, 2021

राष्ट्रपति भण्डारीद्वारा खड्का मन्त्री पदमा नियुक्त

काठमाडौ –

राष्ट्रपति विद्यादेवी भण्डारीले डा.नारायण खड्कालाई मन्त्री पदमा नियुक्त गरेकी छन् । राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा (९)बमोजिम प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा खड्कालाई मन्त्रीमा नियुक्त गरेकी हुन् । भण्डारीले खड्कालाई परराष्ट्र मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेकी हुन् ।

परराष्ट्रमन्त्रीमा नियुक्त भएका खड्काको बुधबार दिउँसो १ जे शपथ लिने कार्यक्रम छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ ।

परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी न्युयोर्क जाने छन् ।

Loading...

अन्य समाचारहरु: