
धादिङ– धादिङलाई कार्यक्षेत्र बनाई लामो समयदेखि पत्रकारिता पेशामा क्रियासिल पत्रकार नारायण सिलवाल सम्मानित भएका छन् ।
फोटो पत्रकार समूह (एनएफपिजे)ले प्रदान गर्ने ‘हरि गोपाल फोटो पत्रकारिता पुरस्कार २०७६’ पर्या–पर्यटनतर्फबाट सिलवाल सम्मानित भएका हुन् । सिलवाल फोटो पत्रकार समुह बागमती प्रदेशका अध्यक्ष तथा धादिङ पोष्ट डटकमका प्रधान सम्पादक सिलवाल हुन् ।
राष्ट्रिय फोटो पत्रकार समूहको १२औँ अधिवेशनको अवसर पारेर सिलवालसहित एनएफपिजेले विभिन्न विधामा फोटो पत्रकारहरुलाई सम्मान गरेको छ । अधिवेशनले प्रदीपराज वन्तको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ ।