Tue. Apr 16th, 2024

वायु प्रदूषणका कारण वार्षिक ७० लाख व्यक्तिको अल्पायुमै मृत्यु : डब्लुएचओ

काठमाडौ –

वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै एक वर्षमा ७० लाख अल्पायुमा मृत्यु हुने विश्व स्वास्थ्य सङ्गठन डब्लुएचओले बुधबार जानकारी गराएको छ। अन्तर्राष्ट्रिय स्वास्थ्य सङ्गठनले यो बर्षदेखि वायु गुणस्तरसम्बन्धी निर्देशिकालाई थप मजबुत बनाएको छ।

सङ्गठनले वायु प्रदूषणको जोखिम कम गर्न तत्काल कदम चाल्नु आवश्यक भएकाप्रति जोड दिँदै मानव स्वासप्रश्वासमा देखिने अन्य समस्यामा धूम्रपान र अस्वास्थ्यकर भोजनसँग सम्बन्धित रहेको बताएको छ।

डब्लुएचओका अधिकारीहरूले भनेका छन्, ‘वायुको गुणस्तरसम्बन्धी सबै निर्देशनहरू कमजोर रहेको भन्दै यसको सुधारका लागि कठोर नीति लिने बताएको छ। वायु प्रदुषण तथा स्वस्थ आहारमा ध्यान दिन मात्रै सकेमा विश्वमा लाखौंको ज्यान जोगाउन सकिन्छ।

वायु प्रदुषण नियनत्रणका लागि ल्याइने नयाँ कानूनको उद्देश्य वायु प्रदूषणको प्रतिकूल असरबाट मानिसहरूलाई जोगाउनु हो र यसबाट सरकारहरूले कानूनी तवरमा बाध्यकारी स्तरहरूको सन्दर्भको रूपमा प्रयोग गर्नेछन्।

संयुक्त राष्ट्र संघीय स्वास्थ्य निकायले सन् २००५ मा अन्तिम पटक वायु गुणस्तरसम्बन्धी दिशानिर्देश एक्युजी जारी गरेको थियो, जसले विश्वभरि प्रदूषण कम गर्ने नीतिहरूमा उल्लेखनीय प्रभाव पारेको छ।

तथापि विश्व स्वास्थ्य संगठनले १६ वर्षभित्रमा वायु प्रदूषणले पहिले भन्दा कम मात्रामा स्वास्थ्यमा कस्तो असर पार्छ भन्ने कुरा देखाउँदै अझ बलियो प्रमाणहरू देखा परेको कुरा उल्लेख गरेको छ।

संगठनले भनेको छ, ‘विशेष देश वा क्षेत्रहरूमा मात्र नभई विश्वव्यापी रूपमा प्रमुख वायु प्रदूषकहरूको सङख्या जोखिम कम गर्न गरिएका कार्यहरूको सफाइ दिन कुनै देश विशेष मात्र नभइ विश्व समुदाय नै चुकेका प्रमाण पर्याप्त पाइन्छन्।’

About The Author

Loading...

अन्य समाचारहरु: