Sun. Oct 13th, 2024

होटल व्यवस्थापन सम्बन्धी ५ दिने तालिम सुरु

SAM_2633

धादिङ  – धादिङ उद्योग वाणिज्य संघ धादिङ र जिल्ला होटल संघ धादिङको संयुक्त आयोजनामा शुक्रबारदेखि पाँच दिने तालिम मलेखुमा सुरु भएको छ ।

जिल्ला विकास समितिको कार्यालय धादिङको सहयोगमा राजमार्ग आसपासमा संचालन गरिएको होटलहरुको व्यवस्थापनका लागि तालिमको आयोजना गरिएको जिल्ला होटल संघ धादिङका अध्यक्ष राजकुमार प्याकुरेलले बताउनुभयो ।

तालिमको एक कार्यक्रमका बीच कोष तथा लेखा नियन्त्रक कार्यालय धादिङका प्रमुख यज्ञप्रसाद ढकालले उद्घाटन गर्नुभयो । तालिम उद्घाटनको क्रममा बोल्नुहुँदै प्रमुख अतिथि ढकालले जिल्लाका होटलहरुको गुणस्तर सुधार गर्न भन्दै तालिम आयोजना गरेकोप्रति खुसी व्यक्त गर्नुभयो । सो अवसरमा बोल्नुहुँदै ढकालले होटल संचालन गर्दा राज्यको कानूनलाई ख्याल गर्न र काम गर्नेले आफूलाई कामदारको रुपमा लिएर काम गर्न आग्रह गर्नुभयो । पछिल्लो समय होटलमा काम गर्ने मजदुरहरुले नै विभिन्न यूनियनहरु खोल्ने र काम बढेको भन्दै उहाँले चिन्ता प्रकट गर्नुभएको थियो ।

केही होटलहरुको कारण जिल्लाका राम्रा होटलहरुको समेत बद्नाम हुँदै गएको प्रति संकेत गर्नुहुँदै उहाँले हाटल व्यवसायलाई राम्रो व्यवस्थापन गर्न सके कोही विदेशीनु नपर्ने समेत उल्लेख गर्नुभएको थियो । सो अवसरका धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रकान्त अधिकारीले जिल्लाको पहिचान होटल क्षेत्रबाटै गर्न सकिने भएकोले होटलको गुणस्तर वृद्धि गर्न संचालकहरुलाई आग्रह गर्नुभएको थियो । पाँच दिनसम्म संचालन हुने तालिममा सूर्यकिरण श्रेष्ठ र रामकृष्ण पराजुली लगायतले सहजीकरण गर्नुभएको छ । तालिममा जिल्ला विकास समिति धादिङका शासन विज्ञ फडिन्द्र खड्का लगायत सरोकारवाला संघ संस्थाका प्रतिनिधिहरुको समेत आतिथयता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: