Mon. Apr 21st, 2025

काठमाडौवाट पोखरा जादै गरेको कार त्रिशुलीमा खस्दा तीनजना बेपत्ता

धादिङ –

काठमाडौंबाट पोखरा जाँदै गरेको कार त्रिशुलीमा खस्दा तीनजना बेपत्ता भएका छन्। चितवनको इच्छाकामना गाउँपालिका वडा नं.५ स्थित नाग्दी खोलाबाट त्रिशूली नदीमा खस्दा तीन जना बेपत्ता भएका हुन्।

काठमाण्डौबाट पोखरा जादै गरेको ग.२ च ४९१८ नम्बरको कार गएराति साढे १२ बजेतिर अनियन्त्रित भई सडकबाट करिब ३५ मिटर तल त्रिशूली नदीम खसेको हो ।

चालक सहित तीनजना बेपत्ता भएको र खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: