Thu. Mar 28th, 2024

साफ च्याम्पियनसिप : माल्दिभ्सविरुद्ध भिड्दै नेपाल

काठमाडौ –

माल्दिभ्सको राजधानी मालेमा आजबाट दक्षिण एसियाली राष्ट्रको सर्वाधिक ठुलो फुटबल प्रतियोगिता सुरू हुँदै छ। १३ औं संस्करणको साफ च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्ने छ।

माले स्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ। यस पटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ।

पाकिस्तान फिफाको प्रतिबन्धका कारण सहभागि हुने छैन भने भुटानले कोरोनाको कारण देखाउँदै टीम नपठाउने जनाएको छ। लिगका आधारमा हुने खेलमा पाँचै टोलीले एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्ने छन्। लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि ३० असोजमा प्रतिस्पर्धा गर्ने छन्।

प्रतियोगिताको पहिलो दिन दुई खेल हुने कार्यतालिका रहेको छ। पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्दा दोस्रो खेलमा नेपालले आयोजक तथा साविक च्याम्पियन माल्दिभ्सविरुद्ध
प्रतिस्पर्धा गर्नेछ। नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९: ४५ मा सुरू हुने छ।​

About The Author

Loading...

अन्य समाचारहरु: