Sun. Feb 9th, 2025

प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम


धादिङ : ६६ औं प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको आयोजना तथा नेपाल रेडक्रस सोसाईटि हेटौंडा शाखासँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको हो ।

बागमती प्रदेश प्रहरी कार्यालय र सो अन्तर्गतका जिल्ला प्रहरी कार्यालय मकवानपुर, दंगा नियन्त्रण प्रहरी गण, सशस्त्र प्रहरी गण रातोमाटेमा कार्यरत ७२ जना प्रहरी कर्मचारीहरुले रक्तदान गरेका थिए ।

नेपाल प्रहरी स्थापनाको अवसरमा हरेक बर्ष मनाईने प्रहरी दिवसमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले समेत बिभिन्न कार्यक्रमहरु गरिरहेको छ । प्रहरी दिवसकै अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले विभिन्न खेलकुद गतिविधि संचालन, सार्वजनिक महत्वका स्थलहरुको सरसफाई, वृक्षारोपण, हेटौंडामा रहेका वृद्धाश्रमहरुमा फलफुल वितरण गर्ने लगायतका कार्यक्रम संचालन गर्ने तय गरेको छ। आगमी असोज २० गते “६६ औं प्रहरी दिवस २०७८” मनाईने बताइएको छ ।

प्रहरी दिवसको अवसरमा धादिङमा पनि रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । नेपाल रेडक्रस सोेसाइटी युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको आयोजनामा गरेको कार्यक्रममा ३७ जना महिला र ६३ जना पुरुष गरी १०० जनाले रक्तदान गरेका थिए ।

About The Author

अन्य समाचारहरु: