Thu. Apr 18th, 2024

धादिङमा भोलि शनिबार विद्युत आपूर्ति बन्द हुने


धादिङ :
धादिङमा शनिबार (भोलि) विद्युत आपूर्ति बन्द हुने भएको छ । देविघाट देखि धादिङबेशी, देविघाट देखि जहरे र धादिङबेशी देखि सल्यानटार सम्मका ३३ के. भी. प्रशारण लाइन नजिक रहेका रुखका हांगा काट्ने कार्यका लागि बन्द गर्न लागिएको हो ।

शनिबार बिहान ७ बजेदेखि ५ बजेसम्म बन्द हुने नेपाल विद्युत प्राधिकरण धादिङले सूचना जारी गरि जानकारी गराएको छ ।

धादिङबेशी, जहरे र सल्यानटार सबस्टेसनका सम्पूर्ण फिडरहरु सटडाउनमा राखी कार्य गर्नु पर्ने भएकोले सो फिडर अन्तर्गत लाईन वितरण भएका स्थानहरु नीलकण्ठ नगरपालिका, त्रिपुरासुन्दरी, गंगाजमुना, नेत्रावती, ज्वालामुखी, सिद्धलेक, बेनिघाट रोराङ, गल्छी, गजुरी, थाक्रे र आरुघाट गांउपालिका लगायतका क्षेत्रहरुमा विद्युत आपूर्ति बन्द हुने बताइएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: