Mon. Apr 21st, 2025

धादिङ सोसियल भोलेन्टियर नेपालको अध्यक्षमा भेषराज ठकुरी निर्वाचित

धादिङ :धादिङ सोसियल भोलेन्टियर नेपालको अध्यक्षमा भेषराज ठकुरी निर्वाचित भएका छन् ।

आज धादिङबेसीमा सम्पन्न प्रथम अधिवेशनले १३ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरेको हो ।

जिल्लाभित्र आइपरेका दुर्घटना वा बिपत्तिहरुमा सोसियल भोलेन्टियरहरुले प्राथमिक उपचार र उद्दारको काम गर्दै आएको छ । राजमार्ग क्षेत्रमा हुने दुर्घटनादेखि ग्रामीण क्षेत्रमा हुने दुर्घटना र बिपत्तिमा सहयोग गर्दै आएको छ ।

मन्दिर, बिधालयलगायत सार्वजनिक स्थलहरुमा बृक्षारोपण, सरसफाइ, खेलकुद आयोजनाको काम पनि गर्दै आएको छ । विभिन्न पर्वहरुको अवसर पारेर रक्तदानको आयोजना पनि गर्दै आएको छ ।

अधिवेशनको अवसरमा धादिङ जिल्लाका पहिलो एम्बुलेन्स चालक मिलन भण्डारीलाई सम्मान गरेको छ । कार्यक्रमकै अवसरमा संयुक्त एम्बुलेन्स चालक समाज धादिङमा नवनिर्वाचित कार्यसमितिलाई पनि बधाईसहित सम्मान गरेको छ ।

About The Author

अन्य समाचारहरु: