Wed. Oct 27th, 2021

नेपाली काङ्ग्रेस नीलकण्ठ नगर सभापतिमा शम्भुराज सिंह ठकुरी विजयी

धादिङ : नेपाली काङ्ग्रेस निलकन्ठ नगरपालिकाको नगर सभापतिमा शम्भुराज सिंह ठकुरी बिजयी भएका छन।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको सन्दर्भमा आइतबार भएको निर्बाचनमा प्रतिद्वन्दी ध्रुव रिजाललाई हराउदै ठकुरी बिजयी भएका हुन ।

नगर अधिवेशनमा भीम ढुंगाना समुहबाट शम्भुराज सिंह ठकुरीको प्यानल र रामनाथ अधिकारी समुहबाट ध्रुव प्रसाद रिजालको प्यानल चुनावी मैदानमा होमिएका थिए । ठकुरीले २ सय ५४ मत ल्याए भने रिजालले २ सय २० मत ल्याएका थिए ।

उपसभापतिमा ठकुरी प्यानलका चित्रकुमारी भण्डारी र शम्भु मल्ल ठकुरी विजयी भएका छन् । सचिवमा रिजाल प्यानलबाट इश्वर अर्याल र राम आले मगर विजयी भएका छन् । सहसचिवमा ठकुरी प्यानलका तुलसी तिमल्सिना र देवकी आचार्य विजयी भएका छन् ।

सदस्यहरु भने दुबै समुहका बराबरीमा सर्वसम्मत छानिएका छन् ।

केन्द्रमा देखिएको गुटको प्रभाव नीलकण्ठ नगरपालिकामा प्रत्यक्ष देखिएको छ । निर्वाचन आचारसंहिता मिच्दै मतदान गर्न थालेपछि असोज ९ गतेको मतदान जिल्ला स्तरका नेताहरुले नै स्थगित गरेका थिए ।

Loading...

अन्य समाचारहरु: