Thu. Mar 28th, 2024

चेपाङ छात्रावासका किशोरीहरुलाई सचेतना कार्यक्रम

धादिङ : धादिङको गजुरी गाउँपालिका वडा १ हाँगेटारमा रहेको चेपाङ छात्रावासका किशोरीहरुलाई समुदाय प्रहरी साझेदारी सम्बन्धि सचेतना प्रदान गरिएको छ ।

चेपाङ छात्राबास किशोरी समुह गजुरी १ हाँगेटार धादिङले ईलाका प्रहरी कार्यालय गजुरी, प्रयास नेपाल धादिङ, हाँगेटार चेपाङ महिला स्वबलम्बी समुहसँगको समन्वय तथा सहकार्यका कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम सामुदायिक सुरक्षाको लागि प्रहरी कार्यालयबाट गरिने कार्य पद्धति , समुदाय र प्रहरी बिचको अन्तर सम्बन्ध,किशोरीहरुका हुनसक्ने हिंसा र त्यस्ता कार्य भएमा कसरी प्रतिकार गर्न, आफुमा भएको समस्या कसरी अरु समक्ष प्रष्टसँग संचार गर्ने भन्ने बारेमा जानकारी गराइएको थियो । त्यस्तै अपराध कार्य हुनबाट व्यक्तिगत तथा सामुदायिक रुपमा अपनाउनु पर्ने सावधानी , घटना भई हालेको खण्डमा तत्काल खबर गर्नु पर्ने, प्रहरीलाई समुदायले गर्ने साथ सहयोग र सुचनाबाट सुरक्षा व्यवस्थालाई मजबुत गराउन सकिने, महिला हिंसा, सामाजिक संञ्जालको सहि प्रयोग र प्रहरी मेरो साथी भन्ने अभियान लगायतका बिषयमा ईलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक युवराज खड्का ,प्रहरी महिला सेलकी हरिप्रिया भट्टले सहजिकरण गरेका थिए ।

कार्यक्रममा महिला तथा बालबालिका शाखाबाट प्रदान गरिने सेवा सुविधा र किशोरी समुहसँग सहकार्य गर्न सकिने कार्यको बारेमा गजुरी गाउँपालिका महिला तथा बालबालिका शाखा प्रमुख सरस्वती सिलवालले जानकारी गराए ।

सुबिधायुक्त छात्रावासमा किशोरी समुह गठन गरि पुस्तकालय, भान्सा व्यवस्थापन, कला साहित्य सिर्जना , खेलकुद , फुलबारी व्यवस्थापन , सरसफाइ र वातावरण संरक्षण गरि ६ वटा उपसमिति गरि २० जना आबद्ध रहेको सुमित्रा चेपाङ जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: