Wed. Oct 27th, 2021

शुक्रबारदेखि खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खसीबोका बिक्री सुरु गर्ने

काठमाडौ –

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आउँदो शुक्रबार (असोज २२) देखि खसीबोकाको बिक्री वितरण सुरु गर्ने भएको छ ।

कम्पनीले यस वर्षको दसैंका लागि २ हजार खसीबोका काठमाडौंमा ल्याउने तयारी गरेको छ । गत वर्ष एक हजार वटा खसीबोका र एक हजार वटा च्याङ्ग्रा बिक्री गरेको कम्पनीले यस वर्ष २ हजार वटा खसीबोका मात्रै विक्रि वितरण गर्न लागेको हो ।

कम्पनीले बजार मूल्य नियन्त्रणका लागि भन्दै हरेक वर्षको दशैंमा खसीबोका र च्याङ्ग्रा बिक्री गर्दै आएको छ । तर, यस बर्ष च्याङ्ग्रा नपाइएको र पाइएको पनि मूल्य अत्याधिक बढेको भन्दै कम्पनीले च्याङ्ग्रा विक्रि वितरण नगर्ने बताएको छ

Loading...

अन्य समाचारहरु: