Fri. Mar 29th, 2024

नेपालमा पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ६४ लाख नाघ्यो,

काठमाडौ –

नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ३२ हजार आठ सय ९६ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

अहिलेसम्म ६४ लाख नौ हजार एक सय ९६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् । यो कुल जनसङ्ख्याको २९ दशमलव पाँच प्रतिशत हो । यस्तै कुल ३६ दशमलव चार प्रतिशत अर्थात् ७९ लाख १३ हजार पाँच सय ५५ जनाले पहिलो मात्रा खोप लगाएका छन् ।

यसै गरी पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये ६ प्रतिशतमा मात्रै कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

१६ हजार ४२ जनाको नमुना परीक्षण गर्दा ६ प्रतिशत अर्थात् नौ सय ६८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: