Thu. Mar 28th, 2024

दसैंको चहलपहल बढ्यो, बजारमा किनमेल गर्नेको भीड

काठमाडौ

काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ। उपत्यकाका विभिन्न व्यापारिक क्षेत्रमा किनमेल गर्नेको भीड लागेको छ।

विश्वव्यापी कोरोना महामारीको प्रवाह नगरी मानिसहरू बजारमा किनमेल गर्न लागेको देखिएको छ। कोरोना संक्रमण दर कम हुनु, यसविरुद्धको खोप कतिपयले लगाएका कारण भीड बढेको हो।

अघिल्लो वर्ष महामारीकै कारण खुलेर दसैं मनाउन नपाएकाहरू यसपटक दसैं मनाउन लागेका हुन्। यद्यपि बन्द रहेका पसल संक्रमण कम हुँदै खुलेपछि मानिसहरुको चहलपहल बढेपनि व्यापार कम भएको व्यवसायीहरु बताँउछन्।

About The Author

Loading...

अन्य समाचारहरु: