Wed. Oct 27th, 2021

बागमती प्रदेशसभाको नवौं अधिवेशन आव्हान

हेटौंडा । बागमती प्रदेशसभाको नवौं अधिवेशन असोज २४ गतेका लागि आव्हान गरिएको छ ।

मन्त्रीपरिषदको सिफारिसमा प्रदेश प्रमुख यादवराज शर्माले नवौ अधिवेशन असोज २४ गतेका लागि आव्हान गरेका हुन् ।

असोज २४ गते दिउँसो ३ बजेका लागि अधिवेशन आव्हान भएको पत्र प्रदेशसभा सचिवालयमा प्राप्त भएको प्रदेशसभा सचिवालयका प्रवक्ता विनोद अमात्यले जानकारी दिए । अधिवेशनको पहिलो बैठकमा मूख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छिन् ।

बुधवारको मन्त्रिपरिषद् बैठकले असोज २४ गते आइतवार दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको थियो ।

Loading...

अन्य समाचारहरु: