Wed. Apr 17th, 2024

बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढायो

धादिङ –

बागमती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा २३ प्रतिशतले बढाएको छ । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनको न्यूनतम भाडा १८ रुपैयाँ कायम भएको छ । तर ट्याक्सीको भाडा भने बढाइएको छैन ।

यातायात व्यवसायीले यो भाडा वृद्धि कम भएको भन्दै असन्तुष्टि जनाएका छन् । उनीहरुले सरकारले भाडा दर संशोधन नगरे आफैं भाडा बढाएर लागू गर्ने चेतावनी दिएका छन् ।

सार्वजनिक गाडीको भाडा बढाउन माग गर्दै यसअघि यातायात व्यवसायीले प्रदर्शन गरेका थिए । उनीहरुले दशैंको मुखैमा गाडी नचलाइदिंदा यात्रुहरु मर्कामा परेका थिए ।

त्यसलगत्तै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक १ गतेदेखि लागू हुने गरी २३ प्रतिशतले भाडा वृद्धिको निर्णय गरेको हो । डिलक्स सुविधा भएका गाडीले भने यसमा पनि थप २० प्रतिशत बढी भाडा लिन पाउने छन् ।

यात्रुहरुले १५ किलोसम्मको सामानको भाडा तिर्नु पर्ने छैन । तर १५ किलोभन्दा बढी १० केजीसम्म सामानको प्रतिकिलो ५ रुपैयाँको दरले थप भाडा तिर्नु पर्ने निर्णय मन्त्रालयले गरेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: