Tue. Apr 16th, 2024

बसको ठक्करबाट नौविसेमा पैदलयात्रीको मृत्यु, केहीबेर तनाव

धादिङ– त्रिभुवन राजपथ अन्तर्गत धादिङको नौविसेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । रसुवाबाट काठमाडौ जाँदै गरेको बा ५ ख ६१५१ नम्बरको बसको ठक्करबाट स्थानीय ज्ञानसागर लामाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनापछि स्थानीयले दुबैतर्फ अवरुद्ध गराएको नौविसे नागढुंगा क्षेत्र केहीबेरअघिबाट खुलाएको छ । मृतक परिवार र सवारीधनीबीच सहमतिपछि बाटो खुलाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी जागेश्वर भण्डारीले बताए ।

सहमतिपछि प्रहरीले घटनास्थलको मुचुल्का लिने र शव उठाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: