Fri. Mar 29th, 2024

धादिङको मार्पाकमा आजदेखि दोस्रो खुल्ला सिंगल पुरुष ब्याडमिन्टन सुरु

धादिङ : धादिङको नेत्रावती डबजोङ गाउँपालिकाको वडा नम्वर १ मार्पाकमा आजदेखि दोस्रो नेत्रावती डबजोङ कप खुल्ला सिंगल पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।

मार्पाक सामुदायिक क्लब ९सीसीएम० को आयोजना, नेत्रावती डबजोङ गाउपालिका, वडा नं। १ र २ को कार्यालय र निरञ्जना माध्यामिक विद्यालय संगको सहकार्य, सकारात्मक प्रेरणा अभियान नेपाल र बालाजु कराँते(डो प्रतिष्ठान नेपालको सहयोगमा साथै धादिङ जिल्ला ब्याडमिन्टन संघको संयोजनमा प्रतियोगिता संचालन गरिएको क्लबका अध्यक्ष सुदिप अधिकारीले जानकारी दिए ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय, र सान्त्वना हुनेलाई क्रमश ११ हजार १ सय ११, ५ हजार ५ सय ५५, २ हजार २ सय २२ र १ हजार १ सय ११ रुपैयासहित ट्रफि, मेडल र प्रमाणपत्र वितरण गरिने साथै १ जना उदियमान खेलाडीलाई आकर्षक पुरस्कार प्रदान गरिनुका साथै क्वाटरफाईनलबाट बाहिरिने ४ जनालाई समेत पुरस्कारको ब्यबस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

साथै हरेक सहभागी खेलाडीहरुलाई मार्पाक सामुदायिक क्लब, भिजन न्युज नेपाल र सकारात्मक प्रेरणा अभियान नेपालको तर्फबाट संयुक्त रुपमा मायाको चिनो प्रदान गरिने प्रतियोगिता ब्यबस्थापक काजिराम अधिकारीले जानकारी दिए ।

About The Author

Loading...

अन्य समाचारहरु: