Fri. Mar 29th, 2024

अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा खकुराल, महासचिवमा श्रेष्ठ निर्वाचित

धादिङ :अन्तराष्ट्रिय धादिङ समाजको अध्यक्षमा समाजसेवी तथा व्यावसायी राजन खकुराल निर्वाचित भएका छन् । अनलाइन भर्चुअल मार्फत भएको दोस्रो अधिवेशनले खकुरालको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

समाजको बरिष्ठ उपाध्यक्षमा दिनेश तामाङ (नेपाल) प्रथम उपाध्यक्षमा काशी दनै (बेल्जियम) द्धितीय उपाध्यक्षमा सबिन थपलिया (अस्ट्रेलिया) महासचिव राजेन्द्र श्रेष्ठ (जापान) सचिवमा राजेन्द्र थपलिया (दक्षिण कोरिया) सचिवमा बाबुकाजि भण्डारी (जापान) कोषाध्यक्षमा भगवती उप्रेती (नेपाल) सह कोषाध्यक्षमा रामकुमार थापा (नेपाल) निर्वाचिन भएका छन् ।

यसैगरी सदस्यहरुमा निरु त्रिपाठी (अस्ट्रेलिया) शरद शर्मा दाहाल (अस्ट्रेलिया) दिपेश सिंखडा (अस्ट्रेलिया) रामबाबु दनै (जापान) राजेश्वर बस्नेत (जापान) सुजता दुवाडी (जापान) महिन्दो वाईवा (बेल्जियम) र विशमाल तिवारी (बेल्जियम) निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष नानुकाजी अर्यालको अध्यक्षतामा सम्पन्न भएको अधिवेशनमा संघीय सांसद खेम प्रसाद लोहनीको प्रमुख आतिथ्य रहेको थियो।अधिवेशनमा प्रदेश सांसद जगत सिंखडा,नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुंगाना,एनआरएनए अध्यक्ष कुमार पन्त,धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आर्चाय,जिल्ला समन्वय समितिका उप प्रमुख बिन्दा बरामु,एनआरएनए आईसीसी सह कोषाध्यक्ष लोक प्रसाद दाहालको विशेष आतिथ्य रहेको थियो ।

अन्तराष्ट्रिय धादिङ समाज धादिङबाट विभिन्न पेशा तथा व्यावसायको लागि विश्वभर छरीएर रहेका नेपालीहरुको साँझ संगठन हो । समाजले धादिङमा विभिन्न सामाजिक कार्य गर्दै आईरहेको छ । विशेष गरी समाजले विपत्ती परेको समयमा वा अन्य प्राकृतिक प्रकोपको बेलामा मातृभुमिलाई सहयोग गर्दै आईरहेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: