Wed. Oct 27th, 2021

सुनको मूल्य एक सय रुपैयाँले घट्यो

काठमाडौँ —

नेपाली बजारमा सोमबार सुनको मूल्य प्रतितोला एक सय रूपैयाँले घटेर ९० हजार ६०० कायम भएको छ । छापावाल सुन आइतबार प्रतितोला ९० हजार ७ सयमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ ।

महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार १५० रूपैयाँमा कारोबार भएको छ । आइतबार प्रतितोला ९० हजार २५० रूपैयाँमा कारोबार भएको थियो ।

Loading...

अन्य समाचारहरु: