
धादिङ । विजयादशमीको चौथो दिन आज पनि बिहानैदेखि मान्यजन तथा ठूलाबडाबाट टीका तथा जमरा लगाएर दसैँ मनाइन्छ ।

फुर्सद नमिलेर टीका लगाउन नभ्याएका र विभिन्न कारण टीका लाउन नपाएका साथै टाढाटाढा भएका आफन्तहरूको हातबाट आशीर्वाद लिन आउने जानेक्रम आजपनि उस्तै छ ।
माइत, मावली, ससुराली जानेहरूको बिहानैदेखि भीडभाड छ । टीका लगाएर आफ्नो कार्यक्षेत्रमा फर्किनेहरुको पनि चहलपहल बढेको छ ।

दशमीका दिन सुरू भएको टीका कोजाग्रत पूर्णिमासम्म लगाउने प्रचलन छ । तर, केही ठाउँमा भने विजयमा दशमीका दिनमात्र टीका लगाइन्छ ।