Thu. Apr 18th, 2024

एमालेले कात्तिक ६ मा वडा अधिवेशन गर्ने, मंसिरमा १० औँ महाधिवेशन

काठमाडौ । नेकपा एमालेले यही कात्तिक ६ गते देशैभरका वडाहरूमा पार्टीको अधिवेशन गर्ने भएको छ।

देशका छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्न लागिएको एमालेले जनाएको छ।

अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल रूपमा वडा अधिवेशन उद्घाटन गर्ने तयारी छ।

एमालेले यही कात्तिक ९ गते पालिका अधिवेशन गर्ने तयारी गरेको छ। सात सय ५३ पालिकामा पार्टी कमिटीका लागि अधिवेशन गर्न लागिएको हो।

वडा कमिटीमा अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव र सदस्यहरू अधिवेशनबाट निर्वाचित हुनेछन्। कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरिएको छ।

एमालेको १० औँ महाधिवेशन आगामी मंसिर २ देखि ६ गतेसम्म हुँदैछ।

About The Author

Loading...

अन्य समाचारहरु: