शंकर श्रेष्ठ, धादिङ ।
दसैँमा गाउँ आएकालाई अहिले शहर फर्किने चटारो छ । शहरमा जागिरे जीवन विताइरहेकाहरुलाई पनि गाउँको कोसेली बोकेर शहर छिर्ने हतारो उस्तै छ ।
दसैँमा शहरबाट बुढा बा’आमालाई ल्याइदिएका नयाँ लुगाको सट्टा बुबाआमाले घरबाट पठाएको झोलाभरी खानेकुरा बोकेर फर्किनेहरुको भीडले सबै गाडीहरु भरिभराउ छन् ।
सपरिवार दसैँ मनाउन लालाबालासहति घर फर्केका व्यवसायी र कर्मचारीलाई पनि कार्यक्षेत्रमा फर्किने हतारोले सार्वजनिक यातायातमा सिट पाउनै मुस्किल छ । तैपनि मानिसहरु जसोतसो यात्रा गरिरहेका छन् ।