Fri. Mar 29th, 2024

कात्तिके झरीले अधिकांश खेती सोत्तर ! (फोटोकथा)

शंकर श्रेष्ठ
धादिङ– साउनमा झै परेको कात्तिके वर्षाले अधिकांश क्षेत्रका किसानलाई चिन्तित पारेको छ । कतै काटेर सुकाएको धान खेतमै भिजेको छ । पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ ।

कात्तिकमा पनि बर्खामा जस्तै झरी र हावाहुरीले पाक्नै लागेको कोदो बारीमै सोत्तर बनेको छ । तिहार लक्षित फुल खेतीलाई पनि पानीले क्षती पुर्‍याएको छ । फुल खेल्दै गरेको खुसानी, भिण्डीलगायतका तरकारीजन्य उत्पादनमा पनि झरीले बिगारेको छ ।

उत्पादनमा लागेको लागतसम्म उठाउन नपाउने अवस्था सिर्जना भएपछि अहिले किसानहरु निराश भएका हुन् । पाक्दै गरेको धान र कोदो कसरी भित्र्याउने भन्ने समस्याले किसानलाई पिरोलेको छ ।

दशैंअघि नै धान पाकेर पहेँलो भए पनि किसानले दशैं चटारोका कारण धान काट्न भ्याएका थिएनन् । तर दशैं सकिन नपाउँदै पानी परेपछि वर्षभरीको कमाई भित्र्याउने समयमा आएर किसान मर्कामा परेका छन् ।

गत वर्षको तुलनामा यस वर्ष धानमा किरा नलाग्दा किसानहरु पनि खुसी नै देखिएका थिए । तर महान चाड दशैं सकिए लगत्तै किसानहरु धान काट्न तथा भित्र्याउने तरखरमा थिए । तर, पाकिसकेको बाली लडाउने वा कुहिने हो कि भन्ने चिन्ताले अधिकांश किसानलाई सताएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: