धादिङ – एस.एल.सी परीक्षामा सफल भएका विद्यार्थीहरुलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन धादिङले एक कार्यक्रमको आयोजना गरी सम्मान तथा बधाई ज्ञापन गरेको छ ।
जिल्लाबाट २०७१ सालमा एसएलसी परीक्षामा सहभागी भई विशिष्ट र प्रथम क्षेणिमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई अनेरास्ववियु धादिङले सम्मान गरेको हो । एसएलसी परीक्षामा जिल्ला प्रथम हुन सफल छात्र तर्फ सन्देश भट्ट, छात्रा तर्फ जुनु श्रेष्ठ , द्धितिय हुन सफल नविन बुर्लाकोटी र सुजना पोखरेल तथा सामुदायिक विद्यालय तर्फ प्रथम हुन सफल विजय रेग्मी, र दलित तर्फ प्रथम रेशु श्रेष्ठका साथै दृष्टीविहिन तर्फ जिल्ला प्रथम रविन्द्र महतलाइृ सम्मान गरिएको थियो । जिल्लाबाट २०७१ सालको एसएलसी परीक्षाबाट २ सय ४० जनाले विशिष्ट श्रेणी र १३ सय २५ जना प्रथम श्रेणीमा उत्तिर्ण भएका थिए ।
विशिष्ट र प्रथम श्रेणिमा उत्तिर्ण हुने विद्यार्थीहरुलाई अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन, धादिङले विगतका बर्षहरुमा झैं यस बर्ष पनि सम्मान तथा बधाई ज्ञापन कार्यक्रम गरेको हो । यस बर्ष विशिष्ट र प्रथम श्रेणी गरी १५ सय ६५ जना विद्यार्थीलाइ सम्मान गरिएको अनेरास्ववियु धादिङका अध्यक्ष सन्तोष राना क्षेत्रीले जानकारी दिनुभयो । सम्मान कार्यक्रममा करिब ४ सय जना उपस्थित रहेको र बाँकी विद्यार्थीहरुलाई उनीहरुकै विद्यालयमा प्रमाणपत्र र मेडल पठाईने अनेरास्ववियु धादिङका सचिव दोलख गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य एंव विद्यार्थी ईञ्चार्ज रविन्द्र अधिकारी, नेकपा एमाले बैकल्पिक केन्द्रिय सदस्य खेम प्रसाद लोहनी, नेकपा एमालेका जिल्ला अध्यक्ष भुमि त्रिपाठी, अनेरास्ववियुका केन्द्रिय उपाध्यक्ष एन महर , केन्द्रिय सचिवालय सदस्य एसु लामा, केन्द्रिय सदस्य उन्नती केसी, नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुली, नेविसंघ धादिङका अध्यक्ष ईश्वर अधिकारी लगायतले विद्यार्थीहरुलाई बधाई तथा शुभकामना दिनुभएको अनेरास्ववियु धादिङका सचिव दोलख बहादुर गुरुङले जानकारी दिनुभयो ।