Fri. Mar 29th, 2024

बाढी पहिरोले लुम्बिनीमा साढे ४ अर्बको धानबाली नष्ट

बुटवल –

बेमौसमी वर्षाका कारण आएको बाढी र पहिरोले लुम्बिनी प्रदेशमा ५ अर्ब रुपैयाँ बराबरको धान लगायतका बालीनाली नोक्सान भएको छ ।

मुख्यमन्त्री कुलप्रसाद केसीको सचिवालयले विज्ञप्ति जारी गर्दै वर्षाका कारण प्रदेशमा धान लगायत अन्य खाद्यान्न बालीमा साढे ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको जनाएको हो ।

असोज ३१ गतेदेखि कात्तिक २ गतेसम्म परेको भारी वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले बर्दियाको राजापुर नगरपालिकामा एक हजार २७ र गेरुवा गाउँपालिकामा २ सय १० घर परिवार प्रभावित भएको प्रदेश सरकारले जनाएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: